हाइब्रिड धान भनेर लगाएको विऊ नक्कली भएको हुनसक्ने आशङ्का

कोहलपुर, असोज १४,

चितवनका किसानले गरिमा जातको हाइब्रिड धान भनेर लगाएको विऊ नक्कली भएको हुनसक्ने आशङ्का गरिएको छ ।

हाइब्रिड धान भनेर लगाएको विऊ नक्कली भएको हुनसक्ने आशङ्का सहितको प्रतिवेदन अध्ययन समितिले कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाललाई बुझाएको छ । विऊ नक्कली भएनभएको एकिन विवरण भने डीएनए फिङ्गर प्रिन्ट परिक्षणपछि मात्र थाहा हुने मन्त्रालयले जनाएको हो ।

बिउ विज्ञान प्रविधि महाशाखा खुमलटारले डिएनए परीक्षणको प्रक्रिया सुरु गरिसकेको समितिले जनाएको छ । धान रोपेको ७ दिनमा पात लाग्ने, पात लागेपछि मात्र डिएनए परीक्षण गर्न मिल्ने र त्यसको ३ दिनमा डिएनएको नतिजा आइसक्ने समितिले जनाएको छ । गरिमा जातको हाइब्रिड भनिएको धानमा एकसय २० देखि २५ दिन भित्रपाक्नु पर्ने विशेषता हुनुपर्ने भए पनि त्यो अवधिमा बाला नै नलागेको भनेर गुनासो आएपछि मन्त्रालयले अध्ययन गर्न समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *