एनआरएनए अध्यक्ष भट्ट महिना बित्दा पनि सम्पर्क विहीन ।

काठमाडौं , ३० कात्तिक / गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल वायुसेवा निगमको बोइङ ७५७ विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको महिना दिन बित्यो । ३० असोजमा भएको संघको चुनावअघि उनले एक करोड ५० लाख रुपैयाँ बुझाएका थिए । तर, एक साताभित्र बुझाउनुपर्ने बाँकी रकम अझै निगमले पाएको छैन । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार, एक साताभित्र बाँकी रकम बुझाउन सम्झौतासहित बीबी एयरवेजलाई विमान बिक्री गर्ने निर्णय भएको थियो । म्याद गुज्रिसक्यो, सम्पर्क पनि हुन सकेको छैन । बाँकी रकम बुझाउनेरनबुझाउने भन्ने कुनै निर्णय पनि आएको छैन,’ श्रेष्ठले भने । संघको चुनावका बेला भट्टले जहाज खरिद गरेको समाचार सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *