फुटबल च्याम्पियनसिपको उपाधिका लागि भारत र बंगलादेश खेल्दै

कोहलपुर, असोज १२,

तेस्रो संस्करणको साफ १८ वर्ष मुनिको फुटबल च्याम्पियनसिपको उपाधिका लागि सोमबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हँुदैछ ।

काठमाडौंको हल्चोकस्थित शसस्त्र प्रहरी बल (एपीएफ)को मैदानमा दुवै टिम पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य सहित मैदान उत्रनेछन् । यी दुई देशबीचको खेल दिउँसो साढे २ बजेबाट सुरु हुनेछ ।

त्यसअघि बिहान साढे १० बजे एन्फा कम्प्लेक्समा भुटान र माल्दिभ्सबीच तेस्रो स्थानको लागि खेल हुनेछ । यसअघिको दुई संस्करणको उपाधि नेपालले हात पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *