हङ्कङ प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप

कोहलपुर, असोज १२,

हङ्कङमा प्रदर्शनका क्रममा प्रहरी र प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूबीच झडप भएको छ ।

प्रत्यक्ष प्रजातन्त्रको माग गर्दै १७ हप्तादेखि जारी प्रदर्शनको क्रममा झडप भएको हो । विद्यार्थीहरूको नेतृत्वमा अम्ब्रेला मुभमेन्ट भनिने आन्दोलन गरिएको पाँच वर्ष पुगेको अवसरमा दशौँ हजार प्रदर्शनकारी हिजो हङ्कङको संसद्नजिक भेला भएका थिए ।

प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेको थियो । जवाफमा केही प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै पेट्रोल बम प्रहार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *