अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु

कोहलपुर, असोज ८,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु गरिएको छ ।

अमेरिकी तल्लो सदनका सभामुखले घोषणा गर्नु भएको हो । डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लंघन गरेको आरोप लगाएका छन् ।

ट्रम्पमाथि आफ्ना डेमोक्र्याट प्रतिस्पर्धी जो बाइडन र उहाँका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाव दिने प्रयास गरेको आरोप पनि लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *