आँधीमा परी फिलिपिन्समा ७४ जनाको मत्यु

८ पुस । फिलिपिन्समा शुक्रबार आएको ‘टेमबिन’ नामक विनासकारी आँधीमा परी मृत्यु हुनेहरुको सङ्ख्या ७४ पुगेको छ ।

फिलिपिन्सको मिन्दानाओ टापूमा आएको उक्त आँधीका कारण अरु कैयौ बेपत्ता हुनुका साथै ठुलो धनजनको क्षेती भएको फिलिपिन्सी अधिकारीले बताएका छन् ।

यस आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका पनि अधिकारीले जानकारी दिएका छन् । घटनास्थलमा उद्धारकर्मी खटिएका छन् । उनीहरुले केही शव बाहिर निकालेका छन् भने, महिला, बालबालिकालगायतका घाइतेलाई उद्धार गरिरहेको छ ।

सयौँ घरहरु ध्वस्त भएका छन् भने कतिपय गाउँ नै मासिएका छन् । फिलिपिन्समा हरेक वर्ष झण्डै २० वटा आँधी आउने गरेको छ । आँधीले कारण पनि लाखौं स्थानीय वासिन्दा प्रभावित भएका छन् ।

यसअघि पनि सन् २०१३ को नोभेम्बरमा आएको ‘हैयान’ नामक आँधीमा परी फिलिपिन्समा झण्डै सात हजार ३५० को मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *