सहमतिमै विवादित विषयको टुङ्गो लगाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ,८ पुस

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचन अध्यादेश र राजनीतिक गतिरोध अन्त्यका विषयमा नेपाली काँग्रेसका नेताहरुसँग छलफल गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले शितल निवासमा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि कृष्णप्रसाद सिटौला र कानून मन्त्री यज्ञवहादुर थापा सहितका नेताहरुस‌ँग राष्ट्रियसभा चुनाव र नयाँ सरकार गठनका विषयमा छलफल गर्नु भएको हो ।

सरकारले राष्ट्रपति समक्ष पठाएको अध्यादेशमा दलहरुबीच विवाद हुँदा प्रतिनिधिसभाले पुर्णता पाउन नसकेको र सरकार गठनमा समेत ढिलाई भएको विषयमा राष्ट्रपतिले काँग्रेस नेतासँग चासो राख्नुभएको छ । उहाँले राजनीतिक सहमतिमा विवादित विषयको टुङ्गो लगाउन पनि काँग्रेस नेताहरुलाइृ सुझाव दिनुभयो ।

भेटमा काँग्रेसका नेताहरुले सरकारवाट सिफारिस भएको अध्यादेश स्वीकृत गरी संवैधानिक अवरोध हटाउन राष्ट्रपतिलाई आग्रह गरेका छन् । उनीहरुले संवैधानीक रुपमा राष्ट्रिय सभा गठन नभै संघिय संसदले पूर्णता नपाउने र सरकार गठन प्रकृया समेत अघि वढाउन नसकिने भन्दै अध्यादेश स्विकृत गर्न राष्ट्रपति समक्ष आग्रह गरेका छन् ।

राष्ट्रपति भण्डारीले अध्यादेश सम्वन्धी विवाद सहमतिमा टुङगो लगाउन यसअघि पनि प्रधानमन्त्री देउवा सहित नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरिसक्नु भएको छ ।

ईकान्तिपुर बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *