चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम

कोहलपुर, असोज ४,

ललितकला पाठशाला तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कला बिभागको सयुक्त आयोजनामा चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम गरिएको छ ।

संविधान दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रमका सहभागि बालबालिकाहरुले एकातिर संविधान अर्को तिर गरिबीले जर–जर रहेको समाज चित्रणमा देखाएका थिए ।

बाल कलाकार अंशु चन्दले बनाएको चित्रमा देशमा जे–जस्तो अवस्था आएपनि आखिर शान्ति प्रक्रियालाई पक्षायर नै हामीले संविधान पाएका छौ, भन्ने मर्म बोलेको छ । बालकलाकार आयुष्मा ढकालको चित्रले कोरेको चित्रमा संविधान भन्दा ठुलो कोही पनि छैनन् भन्ने कुराको अर्थ बोकेको छ । अर्का बालक रोहित थारुको चित्रकलामा सार्वजनिक सम्पत्तिको हिनामिना गर्नु हुँदैन भन्ने कुराले कोहलपुरको रेलिङलाई जनाएको छ ।

कलाकार संजित बिष्टको पेन्टिङमा सहभागी सबै कलाकारले संबिधान बिषयगत चित्रकला प्रदर्शनी गरेको भन्दै खुशी व्यक्त गरेका थिए । अस्विन कोईराला, आयुष्मा ढकाल, अंशु चन्द, उर्मिला थापा, रोहित थारु, वंशु चन्द, खुम्बु बिष्ट, धनञ्जय थारू, वैभव चन्द, आर्या ढकाल, सैलेश थापा, सौगात राउत लगायत कक्षा १ देखि १२ सम्मका २६ जना कलाकारहरुले कार्यक्रममा आफ्नो प्रतिभालाई चित्रकलामार्फत प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई नजिकबाट नियाल्न हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकाल, ललितकला पाठशालाका संयोजक दामोदर पौडेल, कथाकार सुमित्रा न्यौपाने, गजलकार कपिल अन्जान, राजेन्द्र बिष्ट, देबेन्द्र आचार्य लगायतले अवलोकन गरेका थिए । अवलोकनका क्रममा उनीहरुले कलाकार देशका गहना भएको भन्दै सर्जकहरुको सम्मान र सिर्जनाको उचित विकास हुनुपर्ने बताएका थिए । उनीहरुले कला र सिर्जनाहरुको विकास हुनुपर्नेमा जोड दिएका हुन् ।

ललितकला पाठशालाका निर्देशक बिक्रम शिशिरले बालबालिकाहरुले चित्रकलामा देशको बर्तमान अवस्थालाई आफ्नो मन र आत्माको गहिराइमा भएको रङमार्फत् अभिव्यक्त गरेको बताएका थिए । चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रममा ललितकला पाठशालाका प्रशिक्षक कलाकार सुरज सुबेदी र निर्देशक शिशिर सहित २७ कलाकार तथा बालकलाकारहरूको उलेख्य सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *