‘किशुन’जीको जन्म जयन्तीका अवसरमा वियज कुमारको फेसबुक पोस्ट ।

लेखक तथा चर्चित पत्रकार वियज कुमार पाण्डेले सन्त नेता कृष्णप्रसाद भट्टाराइ ‘किशुन’जीको जन्म जयन्तीका अवसरमा सामाजिक संजाल फेसबुकमा लेखेको मन छुने फेसबुक पोस्ट ।

 

किशुनजीको जन्म जयन्तीका अवसरमा

आजको पुस्तालाइ यो कुरा बिश्वास गर्न पनि गारो हुनेछ, यहि नेपालमा एउटा यस्तो मान्छे पनि प्रधानमंत्री थियो , जो माटोको एउटा सुराही , टिनको ट्यान्का र एउटा कालो छाता लिएर प्रधानमंत्री निवास पसेको थियो । एक बर्ष भित्रै देशलाइ संविधान दियो । र , जे लिएर पसेको थियो , त्यहि मात्र लिएर सुराही , टिनको ट्यान्का र छाता लिएर चुपचाप आफ्नो डेरामा फर्कियो । न उस्को कुनै निजी घर थियो , न ब्याङ ब्यालेन्स । उस्ले राष्ट्रवादु शब्द बिरलै उच्चारण गर्थ्यो तर उस्को देशभक्ति सगरमाथा सरह थियो । यहि तपको बलले त मानिसहरु उस्लाइ माया गरेर  किशुनजी भनेर बोलाउथे, बोलाउछन । सन्त नेता कृष्णप्रसाद भट्टाराइ भनेर संम्बोधन गर्छन ।

आज किशुनजीको ९४ जन्मजयन्ती हो । भावपुर्ण सम्झनाहरु सहित , श्रद्धाको पुष्पान्जली चढाउन चाहन्छु । मलाइ बिश्वास छ , किशुनजीको स्वर्गमा सवारी भए पछि , अप्सराहरु पनि रमाएका होलान । देवराज ईन्द्रले , नैतिकता र ईमानदारीको केहो पाठ सिकेका होलान

 

 ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *