उपनिर्वाचनको तयारी तीब्रताका साथ अघि बढ्दै

कोहलपुर, असोज ४,

उपनिर्वाचनको तयारी तिब्र रुपमा भैरहेको छ ।

आउदो मंसिंर १४ गते शनिबार हुने उपनिर्वाचनको तयारीलाई तिब्रता दिईएको छ । निर्वाचन आयोगलेउपनिर्वाचनका बारेमा छलफल तथा परामर्शलाई तीब्र पारेको हो । प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त एवं आयोगका सचिवसहितको टोलीले उपनिर्वाचन गरिने रिक्त पदहरूको विवरण, निर्वाचन कार्यतालिका, बजेट तथा जनशक्ति व्यवस्थापन लगायत बिषयमा जानकारी गराएको छ ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरुलाई पनि निर्वाचनको तयारीको बारेमा आयोगले जानकारी गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *