सौर्य बत्तीले बजार झिलिमिली

कोहलपुर, असोज २,

कर्णाली राजमार्ग आसपास पर्ने बस्तीमा बजारीकरणको बिस्तार भैरहेको छ ।

सडकको विकाससँगै कर्णाली राजमार्ग आसपास पर्ने बस्तीमा बजारीकरणको बिस्तार भैरहेको हो । एक दशक पहिला सुनसान देखिने कर्णाली राजमार्ग आसपासका बस्ती, बजारमा स्थानीय सरकार आएसँगै सौर्य बत्तीले चहलपहल बढाएको छ ।

तिला गाउँपालिकाको रारालिही, कुडारी, तिलाकोट, जर्मी, एैरेनी लगायत क्षेत्रका बजार बाक्लिँदै गएको हो । अहिले तीन दर्जनभन्दा बढी होटल व्यवसाय, डिलर, खुद्रा पसल, पोल्टी फार्म, फ्रेस हाउस, कपडाका पसल हार्डवेयरका व्यवसायी बढेका छन् । संघीयताले स्थानीयस्तरमा आर्थिक गतिविधि बढाए पनि ग्रामीण क्षेत्रका बजारमा भने विद्युतीय बत्तीको अभाव भएकाले चोरीका घटना बढ्ने गरेका कारण व्यापारीको माग अनुसार सडक बत्तीको व्यवस्था गरिएको छ ।

अहिले सडक बत्तीले ग्रामीण क्षेत्रका बजार झिलीमिली भएका छन ्। स्थानीय सरकार आएसँगै ग्रामीण क्षेत्रका बजारमा चहलपहल बढ्नाका साथै सडक बत्तीले व्यापारिक कारोवारका टेवा पुगेको व्यापारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *