राष्ट्रिय जनमोर्चा बाँकेद्धारा प्र.जि.अ.लाई ज्ञापन पत्र पेश

कोहलपुर, असोज १,

राष्ट्रिय जनमोर्चाको प्रतिनिधि मण्डलले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई ज्ञापन पत्र पेश गरेको छ ।

नेपाल–भारत सिमा नाकामा हुने सबैखाले अपराधिक क्रियाकलाप रोक्न आग्रह गर्दै राष्ट्रिय जनमोर्चा बाँकेले प्र.जि.अ. खड्कालाई ज्ञापन पत्र पेश गरेको हो । सिमानाकामा हुँने अपराधिक गतिविधिहरु रोक्ने कार्य पहिलो प्राथमिकतामा राख्नु पर्ने ज्ञापन पत्रमा लेखिएको जनमोर्चाले जनाएको छ । भारतबाट नेपालतर्फ आउने क्रममा धेरै नेपालीहरुले सिमानाकामा दुख भोग्ने गरेको उल्लेख गर्दै यस्ता किसिमका गतिविधि तत्काल बन्द गर्न विज्ञप्ती मार्फत माग गरेको हो ।

नेपालीहरुका ठुला पर्व नजिकिदैं गर्दा भारतबाट कमाई गरी फर्किएका नेपालीहरुले सिमानाकामा बिभिन्न समस्या झेल्नुका साथै चोरी डकैटीमा पर्ने गरेकाले त्यस्तो स्थिती सृजना हुन नदिन आफ्नो पार्टीले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको जनमोर्चा बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *