मन्त्रीलाई दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका शाही थुना मुक्त

कोहलपुर, भदौ ३०,

नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र शाही थुना मुक्त भएका छन् ।

अबदेखि अभद्र व्यवहार नगर्ने सर्त गराएर शाहीलाई प्रहरीले थुनामुक्त गरेको हो । शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको अभियोगमा स्पष्टिकरण दिन पुल्चोकमा पत्रकार सम्मेलन गरेको ठाउँमा धकेलाधकेल भएपछि प्रहरीले उनलाई आइतबार नियन्त्रणमा लिएको थियो ।

शाहीमाथि प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा मुद्धा चलाउने तयारी भएको थियो । तर पहिलो पटक भएकाले सम्झाइ बुझाइ गरेर छाड्न निर्देशन आएकाले छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरी हिरासतबाट मुक्त भएका शाहीले पत्रकार सम्मेलन गर्दै आफूले कसैलाई अभद्र व्यवहार नगरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *