नेपाल तरुण दल बाँकेले विरोध प्रदर्शन गर्ने

कोहलपुर, भदौ ३०,

नेपाल तरुण दल बाँकेले विरोध प्रदर्शन गर्ने भएको छ ।

नेपाली काँग्रेस पार्टी सभापति किरण कोइरालाको हात भाँचिने गरी भएको घटनामा संग्लनलाई तत्काल कारवाही गर्न दवाव दिनका लागि नेपाल तरुण दल बाँकेले मंगलबार नेपालगञ्जमा विरोध प्रदर्शन गर्ने भएको हो । नेपाल तरुण दल बाँकेको आयोजनामा विरोध प्रदर्शन गरिने दरुण दल बाँकेले जनाएको छ ।

खजुराको सितापुर घटनाका दोषीलाई पक्राउ नगरेको भन्दै भोलि तरुण दल बाँके बिरोध प्रदर्शन गर्ने भएको जिल्ला अध्यक्ष बिरेन्द्र बहादुर शाहले बताए । अध्यक्ष शाहले भने,–‘आक्रमणकारीलाई अझै प्रहरीले पक्राउ गर्न अनाकानी गरेको छ । जब सम्म उनीहरुलाई पक्राउ गर्दैन तब सम्म तरुण दल बाँके चुप रहदैंन ।’ उनले, अर्काको कार्यक्रममा यसरी जबर्जस्ती प्रबेश गरेर नेकपाका कार्यकर्ताहरुले जुन गलत कार्य गरेका छन्, त्यो माफीको लायक नभएको बताए । पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत जनजागरण कार्यक्रम स्थलमै नेकपाका कार्यकर्ताले पार्टी सभापति किरण कोइरालासहित अन्य कार्यकर्ताहरुलाई आक्रमण गरि घाइते बनाएका थिए ।

नेपाल तरुण दल नेपालगन्जका नगर सभापति सन्दिप जङ्ग शाहले प्रहरीमा मुद्दा दर्ता भईसकेको भएपनि नेकपाका आक्रमणकारिलाई प्रहरीले पक्राउ गर्न नसकेको प्रति आक्रोस व्यक्त गरेका छन् । मंगलबारको आन्दोलन सामान्य आन्दोलन नभएको स्पष्ट पारेका छन् । यस्तै प्रतीपक्षलाई कमजोर नसोच्न दरुण दल जिल्ला कोषाध्यक्ष केशर खड्काले प्रहरीलाई सुझाव दिएका छन् । भोली हुने आन्दोलनमा आफुहरु कडा रुपमा प्रस्तुत हुने जानकारी दिएका छन् ।

नेपाली कांग्रेसको पार्टी कार्यालयदेखि धम्बोझीसम्म विरोध र्याली सहित चक्काजाम गर्ने तरुण दल नगर समिति कोहलपुरका अध्यक्ष हरि सिंह कठायतले जानकारी दिएका छन् । कठायतका अनुसार बिहान ११ बजे पार्टी कार्यालयमा जम्मा भई १२ बजेदेखि विरोध प्रदर्शन सुरु हुने छ । विरोध कार्यक्रम दिउँसो १ बजे समापन हुने कठायतले बताएका छन् ।

नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई आक्रमण गर्ने मुख्य दोषि घटनामा संग्लनलाई तत्काल कारवाही गरिनुपर्ने माग सहित तरुण दलले विरोध गर्न लागेको हो । नेपाली कांग्रेसका कार्यकर्ता, जिल्ला सभापती तथा केन्द्रिय प्रतिनिधि विद्या प्रसाद खनालमाथी सांघातिक आक्रमण गर्नेलाई कार्वाहीको माग गरि चक्काजाम तथा धर्ना दिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *