रुपेन्देहीमा गोली हानी १ जनाको हत्या

कोहलपुर, भदौ ३०,

रुपन्देहीमा एक जनाको हत्या गरिएको छ ।

आइतबार दिउँसो गोली हानेर एक जनाको हत्या गरिएको रुपन्देही प्रहरीले जनाएको छ । जिल्लाको रोहिणी गाउँपालिका ३, रोहिणी खोला नजिकै गोली हानेर ओमसतिया ५ का ४० वर्षीय महेन्द्र कुर्मीको हत्या गरिएको हो ।

भैरहवामा रहेको बैंकबाट पैसा निकालेर घरतर्फ लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा जाँदै गरेका कुर्मीमाथि नचिनेका मान्छेको समूहले गोली हानेको हो । मृतक कुर्मीको बायाँ कुममा गोली लागेको छ । मृतकको साथमा रहेको ५ लाख रुपैयाँ नगद गोली प्रहार गर्नेहरुले लुटेर लगेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *