दाङमा करेन्ट लागेर एकको मृत्यु, शिशुको शव फेला, नदीमा १ बेपत्ता

कोहलपुर, भदौ ३०,

दाङ जिल्लाको घोराहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका– १६ गुर्जेखोलाको पुल नजिकै पुल निर्माणको काम गर्न बसेका शिवराज चौधरीको मृत्यु भएको हो । आइतबार राति केरेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका–६ का २३ वर्षीय शिवराज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाहिने हातमा करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । दाङमै एक नवजात शिशुको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका –१९ हिडिमे डाँडाँगाउँमा फागुना चौधरीको मकैबारीमा ५र६ महिनाको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।

अर्का एक व्यक्ति भने नदीमा बगेर एक व्यक्ति बेपत्ता भएका छन् । आइतबार राति पौने ९ बजेतिर लमही नगरपालिका– ६ मध्यनगर निवासी ६५ वर्षीय दंखु चौधरी राप्ती नदीमा बेपत्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *