७४ छाडा कुकुरको बन्ध्याकरण

कोहलपुर, भदौ ३०,

बजार क्षेत्रमा दिन प्रतिदिन सामुदायिक (छाडा) कुकुरको संख्या बढ्दै जान थालेपछि हेलम्बु गाउँपालिकाले नियन्त्रणको अभियान सुरु गरेको छ ।

कुकुरको संख्या बढ्न नदिनको लागि गाउँपालिकाले स्थाइ बन्ध्याकरण सुरु गरेको हो । हेलम्बु गाउँपालिका र नेपाल यनिमल वयल्फेयर एण्ड रिसर्ज (नार्क ) को आर्थिक सहयोगमा पशुसेवा कार्यालय हेलम्बुले कुकुर आतंक नियन्त्रणका लागि यो अभियान सुरु गरेको हो ।

छाडा कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको संक्रमण हुने खतरा भएकाले कुकुरलाइ स्थाइ बन्ध्याकरणको साथै रेबिज बिरुद्धको सुइ लगाइएको पशुसेवा कार्यालय हेलम्बुका प्रमुख टोपबहादुर बरुवालले जानकारी दिनुभयो । गाउँपालिका भित्रको मुख्य बजार क्षेत्रका ७४ छाडा कुकुरलाई नियन्त्रणमा लिएर सुरक्षित बन्ध्याकरण गरिएको हेलम्बु गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *