विश्व ओजोन तह बचाउ दिवस मनाईदैं

कोहलपुर, भदौ ३०,

सोमबार विश्व ओजोन तह बचाउ दिवस, विश्वभरी नै विभिन्न कार्यक्तम गरेर मनाइदैछ ।

पृथ्वीमा कार्बन डाइअक्साइड बढ्दै जाँदा त्यसले तापक्रम पनि बढाउदै लगेको छ । यसको प्रभाव मानिसमा मात्रै होइन, पारिस्थितिक प्रणालीमा नै परेको छ । जसका कारण पृथ्वीकै आयु घट्दै गएको भन्दै विश्व समुदाय चिन्तित छ ।

मानव, जीवजन्तु, चराचुरुङ्गी, वनजंगल जस्ता प्राकृतिक सम्पदाहरु भएकै कारण पृथ्वी रमाइलो छ । तर आज पृथ्वी जुन अवस्थामा छ अन्तिम सम्म त्यस्तै नहरने चिन्ता छ । कारणः पृथ्वीमा कार्बनको मात्रा बढ्दै छ । ओजन तह पातलिदै छ, यसको सीधा असर, पृथ्वीको तापक्रम दिन, दिनै बढ्दै छ । ६ लाख वर्ष यता देखि पृथ्वीमा कार्वनडाइ अक्साईडको मात्रा निरन्तर बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *