मनसुनी गतिविधि बढ्यो

कोहलपुर, भदौ ३०,

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिविधि बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशभरी आंशिकदेखि सामान्य बदली भई पश्चिमी र मध्य पश्चिमी भूभागका जुम्ला, लमजुङ, कास्की लगाएतका जिल्लाहरूमा, मध्य नेपालको मकवानपुर, चितवन लगायत जिल्लाहरूमा र पूर्वी भूभागको मोरङ्ग, ईलाम, झापा लगाएतका जिल्लाका केही स्थानमा हल्का वर्षा भईरहेको छ । महाशाखाले निकालेको सूचना अनुसार सोमबार दिउँसो मौसम देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ ।

देशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ भने देशको पूर्वी र मध्य भूभागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका पहाडी भेगका केही स्थान र पूर्व तथा मध्यका केही क्षेत्रका नागरिकलाई सचेतता अपनाउन विभिागले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *