बैतडीमा एक जना सुत्केरी महिलाको मृत्यु

कोहलपुर, भदौ ३०,

बैतडीमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ ।

जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर १ गाउँसल्लाका दानसिंह चाँडकी २१ वर्षीया श्रीमती गौमती चाँडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शनिबार रातिदेखि नै सुत्केरी व्यथा लागेर स्थानीय सामुदायिक स्वास्थ्य इकाइ तेर्छाबाटामा शिशुको जन्म दिए पश्चात् चाँडको मृत्यु भएको हो ।

स्वास्थ्य इकाइमा आइतबार दिउँसो शिशु जन्माएकी थिईन् । शिशु जन्म दिएर चाँडको मृत्यु भएको प्रहरीले जनाएको छ । शिशुको अवस्था भने सामान्य रहेको बताइएको छ । मृतक महिलाका श्रीमान भने रोजगारीका लागि भारतमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *