प्रतिनिधिसभाको बैठक कांग्रेस बाँकेद्धारा अवरुद्ध

कोहलपुर, भदौ २९,

प्रतिनिधिसभाको आइतबारको बैठक प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले बाँके अवरुद्ध गरेको छ ।

प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले बाँके घटनाको विषयलाई लिएर प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो । प्रतिनिधिसभाको आइतबारको बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए ।

बैठकको सुरुमै बोल्दै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले दोश्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम बिथोल्ने गरी राज्यसंयन्त्रको निर्देशनमा बाँंके घटना गराइएको आरोप लगाए । जागरण अभियानलाई गम्भीर प्रहार गर्न योजनाबद्ध ढंगले बाँके घटना गराइएको उल्लेख गर्दै उनले असंवैधानिक र विधि विपरीतका क्रियाकलापको निन्दा र भत्र्सना गरे।

भदौ २६ गते बाँकेको खजुरा गाउँपालिका वडा नम्बर(१ मा रहेको सितापुरमा नेपाली कांग्रेसले गरेको राष्ट्रिय जागरण सभामा सत्तारुढ दलका कार्यकर्ताले कार्यक्रम बिथोल्नुका साथै जिल्ला सभापति किरण कोइराला र केन्द्रीय प्रतिनिधिमाथि आक्रमण गरेको भटनाको घोर विरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *