रोहित शर्माले किर्तिमानी ब्याटिङ गरेपछि दोस्रो टी– २० मा पनि श्रीलंका पराजित

पुस ८,  कप्तान रोहित शर्माको बिष्फोटक ब्याटिङको मद्दतमा श्रीलंकाविरुद्धको दोस्रो टी– २० क्रिकेटमा घरेलु टोली इण्डियाले फराकिलो  जित दर्ता निकालेको छ । सिरिजको दोस्रो खेलमा पहिले ब्याटिंग गरेको इण्डियाले श्रीलंकालाइ  २ सय ६१ रनको विशाल चुनौती पेस गरेको थियो  ।

जितका २ सय ६१ रनको विशाल चुनौती पछ्याएको श्रीलंका १६ बल अगावै १ सय ७२ रनमा समेटियो । युजभेन्द्र चहालले ४ तथा कुलदिप यादवले ३ विकेट लिएपछि श्रीलंका लक्ष्य भेट्न असमर्थ रह्यो । कुशल परेराले ७७ र उपुल थरंगाले ४७ रन बनाएपनि टोलीको जितका लागि पर्याप्त भएन ।

यसअघि इन्दौरमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ५ विकेट गुमाई २ सय ६० रनको विशाल योगफल तयार पारेको थियो । ३५ बलमा ऐतिहासिक शतक प्रहार गरेका कप्तान रोहित शर्माले १ सय १८ रनको योगदान गरे । यो सँगै शर्माले टी– २० क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने डेबिड मिलरको किर्तिमान बराबरी गरेका छन् । लोकेश राहुलले ८९ र महेन्द्रसिंह धोनीले २८ रन बनाए ।

दुई राष्ट्रबीचको तेस्रो तथा अन्तिम टी– २० क्रिकेट भोली मुम्बईमा हुनेछ । गएराती भ्रमणकारी टोलीलाई ८८ रनले हराउँदै इण्डियाले एक खेल अगावै ३ म्याचको सिरिज कब्जा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *