प्रदेश ५ को राजधानीको विषय पेचिलो बन्दै, बुटवल र दाङपछि बाँकेले समेत गर्यो दावि

– संगिन शर्मा/सरला सुवेदी

७ पौष, २०७४
कोहलपुर : सरकारले सबै प्रदेशहरुको प्रमुख र अस्थायी मुकाम अर्थात राजधानी घोषणा गर्न तयारी गरिरहेका बेला विद्दत व्यक्ति एवम् देशका विभिन्न स्थानहरुले आफुलाई अगाडि सारेका छन् । प्रदेश राजधानी कुन स्थान हुने भन्ने बहसले विभिन्न राजनैतिक दलका नेता, कार्यकर्तादेखि स्थानीयहरुको समेत ध्यान तानेको छ ।

कतिपय प्रदेशका लागि राजधानीको दोस्रो विकल्प नरहेको अवस्थामा बाँकिको हकमा प्रदेश राजधानीको मुद्दा झनै पेचिलो बन्दै गईरहेको छ । यतीबेला संघीय सरंचनामा ५ नम्बर प्रदेशको राजधानीका लागी विभिन्न जिल्लाले दावी गरिरहेका छन् ।

रुपन्देहीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमाले नेताद्वय विष्णु पौडेल र घनश्याम भुषालले बुटवलको पक्षमा लबिङ गरिरहँदा दाङबाट निर्वाचित माओवादि केन्द्रका नेता कृष्णबहादुर महराले भने दाङ नै अन्तिम विकल्प रहेको बताइरहेका छन् ।

 

बुटवल र दाङपछि प्रदेश नम्बर ५ को राजधानी बाँकेको नेपालगन्ज अथवा कोहलपुरमा हुनुपर्ने माग समेत दिनदिनै उठ्न थालेको छ । भौतिक संरचना, प्राकृतिक सम्पदा, विकास निर्माणलगायत सबै कुराले प्रदेशको राजधानी बनाउन कोहलपुर उपयूक्त रहेको बताउँदै कोहलपुरका अगुवा नेताहरुले दवाब सृजना गरिरहेका छन् ।

प्रादेशिक राजधानीको माग गर्दै शुक्रबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश राजधानीका लागि चाहिने सम्पूर्ण पूर्वाधार बाँकेको कोहलपुरमा तयारी अवस्थामा रहेको बताउँदै एमाले नेता सूर्य ढकालले सामथ्र्य र पूर्वाधारका दृष्टिले बाँके अनुकुल रहेको र बाँकेको जुनसुकै स्थानमा राजधानी भए पनि हुने धारणा राखे ।

नेता ढकालका अनुसार प्रदेश नम्बर ५ को राजधानी दाङ हुनुपर्नेमा बुटवल हुने वातावरण सिर्जना भएकोले बाँके जिल्लामै हुनु पर्छ भन्ने माग बढेको हो । उनले भने,’राजधानी दाङ नभए बाँके हुनुपर्छ तर शक्ति केन्द्रको हिसाबले बुटवल बनाइएमा हाम्रो माग र अबको लडाई भनेको बाके र बर्दियालाई ६ नम्बर प्रदेशमा मिसाउने तर्फ हाम्रो अभियान केन्द्रित हुनेछ ।’

 

पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले बाँकेको कोहलपुरमा प्रदेश राजधानीको लागि आवश्यक पुर्वाधार र भौतिक संरचनाहरु रहेको दावि गरे । उनले भने, हाम्रो माग राजधानी बाँकेमा बन्नुपर्छ भन्ने हो । आवश्यक सबै संरचना खडा गर्न हामी तयार छौं । उनले प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने भौतिक संरचनाहरु र आवश्यक करिब २ सय बिगाह जग्गा समेत उपलब्ध गराउन सकिने समेत दावि गरे ।

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ कोहलपुरका पुर्व अध्यक्ष नरेन्द्र शर्मा तथा होटल व्यवसायी संघका अध्यक्ष बलराम भट्टराईले समेत बाँके नै राजधानीको उत्तम विकल्प रहेको तर्क गरे ।

बाँके र बर्दियाबाट राष्ट्रिय राजनितीमा पुगेका नेताहरुको इच्छा शक्ति र पँहुच पुर्याउने कुरामा नेकपा एमाले, नेपाली कांग्रेस तथा माओवादी केन्द्रका नेताहरु चुकेको बताउँदै स्थानीयहरुले आक्रोश समेत पोखेका छन् ।

 

सोहि अवसरमा कोहलपुर नगर विकास समितिले राजधानीको आगि आवश्यक संरचना तथा पुर्वाधारहरुको सुची समेत सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *