टीकापुरमा सुरक्षा सतर्कता, चार दिन मदिरा निषेध

कोहलपुर, भदौ ६,

जिल्ला सुरक्षा समिति कैलालीले सुरक्षा सतर्कता बढाएको छ ।

यही भदौ ७ गतेदेखि ९ गतेसम्म टीकापुरमा हुन लागेको थरुहट÷थारुवान राष्ट्रिय सम्मलेनलाई मध्येनजर गर्दै टीकापुरको सुरक्षा व्यवस्था कडा बनाइएको हो । बुधबार धनगढीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकका निर्णयहरु बिहीबार ईलाका प्रशासन कार्यालय टीकापुरले आयोजक, स्थानीय राजनीतिक दल, पत्रकारका बीचमा सार्वजनिक गरेको हो ।

कार्यक्रमका सहभागीलाई परिचय खुल्ने प्रवेश पासको व्यवस्था गरी कार्यक्रम स्थलमा प्रवेश गराउने, शान्ति सुरक्षामा असर पर्ने गरी नारा जुलुश, वक्तव्य, सम्वोधन गर्न नहुने र लाठी घरेलु हतियार बोक्न, प्रदर्शन गर्न र प्रयोग नगर्ने र गरेको पाइए त्यसमा संलग्न व्यक्तिलाई कानून बमोजिम कारवाही गर्ने निर्णय गरिएको छ ।

२०७२ साल भदौ ७ मा वरिष्ठ प्रहरी उपरीक्षकसहित ८ जना प्रहरी र एक नावलकको ज्यान गएको र भदौ ८ गते उत्तेजित भीडले केही थारु अगुवाका घरमा आगजनी गरेको दुःखद् घटनापछि खल्बलिएको सामाजिक सद्भाव फर्काउन र थरुहट÷थारुवान आन्दोलनलाई अगाडि बढाउन सम्मेलन गर्न लागिएको आयोजकले बताउदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *