कृषि साझेदारी र खाद्य स्वच्छता सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

कोहलपुर, भदौ ६,

नेपाल र भारतबीच संयुक्त आयोगको बैठकबाट कृषि साझेदारी र खाद्य स्वच्छता सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापछि नेपालले अब कृषि र खाद्यान्नमा धेरै फाइदा लिन सक्ने विश्लेषण भएको छ । झन्डै दुई महिना अघि भारतबाट आयात हुने सामग्रीको विषादी जाँचलाई लिएर नेपाल र भारतबीच विवाद भएको थियो । भारतले, नेपालका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता नदिदा हुने त्यस्ता विवाद अब हुने छैनन ।

भारतले गुणस्तरका नाममा अदुवा, अलैंचीलगायत कृषिजन्य वस्तु निर्यातमा पटक–पटक अवरोध गर्दै आएको थियो । अब त्यसो गर्नेछैन । नेपाल भारत खाद्य स्वच्छता सम्झौतापछि अब नेपालको २१ वटा खाद्य नेपालमै परिक्षण गरेर भारत निर्यात गर्न सकिने भएको छ । भारतसँगको नयाँ सम्झौताले नेपाली किसानलाई फाइदा पुग्ने सरकारको दावी छ । नेपाल र भारतबीच यस अघिपनि कृषिसँग जोडिएका दर्जनौ सम्झौता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *