किसानलाई दिइएको सरकारी अनुदान दुरुपयोग

कोहलपुर, भदौ ५,

किसानले सरकारी अनुदान नपाएको खबर बेला बेला आइरहन्छ ।

तर कतै भने सरकारी अनुदानको रकम दुरुपयोग भइरहेको छ । सरकारी अनुदान लिन मरिहत्ते गर्ने तर पाइसकेपछि सदुपयोग नगर्ने प्रवृति किसानहरुमा बढ्दै गएको देखिएको छ । सरकारी अनुदानमा प्राप्त पोलीहाउसभित्र रहरलाग्दा फलफूल र तरकारी देखिनुपर्ने हो ।

प्रदेश नम्बर एकको धनकुटा जिल्लामा सरकारी अनुदानको रकम दुरुपयोग भएको छ । धनकुटाको सिंधुवामा रहेको प्रधानमन्त्री कृषि अधुनिकिकरण परियोजना तरकारी जोनका कर्मचारी र सञ्चालक समितिका पदाधिकारीले केहि दिनअघि अनुगमनमा गए । स्वस्थ्य विरुवा र बाली उत्पादनका लागि वितरित पोलीहाउस भने ओछ्यान लगाएर घरयासी काममा लगाएको पाइयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी जोन सिंधुवाको गतवर्ष ८ लाख खर्च गरेर पोलीहाउस बनाइएको थियो ।

सरकारी स्वामित्वको उत्तरपानी प्राविधिक शिक्षालयमा जोनकै पाँचलाख रुपैयाँ अनुदानमा बनाइएको थोपा सिंचाइसहितको ग्रिनहाउसभित्र झाडि हुर्किएको छ । चार देखि १० लाख रुपैयाँसम्म खर्चेर बनाइएका थोपा सिंचाइयूक्त पोली र ग्रिन हाउसमा बाह्रै महिना फलफूल र तरकारी उत्पादन गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *