अछामका स्वास्थ्य संस्थामा ज्वरोका बिरामी बढे

कोहलपुर, भदौ ४,

मौसम परिवर्तन सँगै अछामका स्वास्थ्य संस्थामा ज्वरोका विरामी बढेका छन् ।

गर्मी तथा लगातारको वर्षातसंगै मौसममा आएको परिवर्तनले अहिले ज्वरोका बिरामी बढेका हुन् । जिल्ला अस्पताल अछामका मेडिकल अधिकृत डाक्टर अतुल भारद्धाजका अनुसार अहिले दैनिक ६० देखि ७० प्रतिशत बिरामी ज्वरोकै कारण अस्पताल आउने गरेका छन् ।

डा. भारद्धाका अनुसार प्रतिकूल मौसम, खानपानमा ध्यान नदिनु, सरसफाइको कमी लगायतका कारण भाइरल ज्वरोका बिरामी बढेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *