बन्द उद्योग खुलाउने तयारी

कोहलपुर, भदौ ४,

निजी क्षेत्रलाई दिएर बन्द भएका र सरकारी स्वामित्वमा रहेर पनि बन्द भएका उद्योगहरु सरकारले चलाउने तयारी गरेको छ ।

गोरखकाली टायर उद्योग, हेटौडा कपडा उद्योग, जनकपुर चुरोट कारखाना, विराटनगर जुटमिल, लगायतका बन्द उद्योग सञ्चालनको तयारीमा सरकार जुटेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईका अनुसार सरकारले सार्वजनिक निजी साझेदारी अवधारणामा बन्द उद्योग चलाउने तयारी गरेको छ ।

लामो समयदेखि बन्द जनकपुर चुरोट कारखाना सञ्चालनका लागि तीन चिनियाँ र दुई भारतीय गरी ५ बिदेशी कम्पनीले इच्छा देखाएका छन् । प्रवक्ता भट्टराईका अनुसार सरकारी स्वामित्वको उद्योगको बक्यौता र अन्य झमेला टुंग्याउन मन्त्रालयले गृहकार्य गरिरहेको छ । सरकारी स्वामित्वमा मात्र २१ वटा उद्योग छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *