पर्वत अस्पतालमा डायलासिस र अप्रेशन सेवा

कोहलपुर, भदौ ३,

पर्वतमा सामान्य बिरामी समेत रिफर गर्ने आरोप खेप्दै आएको पर्वत अस्पतालले थप सेवा शुरु गर्नमा जुटेको छ ।

अस्पतालले अप्रेशन सेवादेखि मृगौलाको डायलासिस सेवा दिने तयारी गरेको जनाएको छ । अस्पतालमा डायलासिस सेवा र अप्रेशन सेवा शुरु गर्न माथिल्लो निकायसम्म पहल भइरहेको अस्पताल विकास समितिले जनाएको छ ।

गत वर्षदेखि निर्माणाधीन अस्पतालको आधुनिक भवन ५० शय्याको बन्दैछ । अस्पताल विकास समितिका अनुसार एक महिनाभित्रै डिजिटल एक्सरे सेवा सञ्चालन हुनेछ । भिडियो एक्सरे (अल्ट्रासाउन्ड) र मुटुको इको सेवा सञ्चालन गर्ने तयारीमा अस्पताल जुटेको छ । यस्तै एनआईसीयू (बच्चाहरूको सघन उपचार) सेवाको पनि तयारी हुँदैछ ।

५० बेडको अस्पताल अनुसार दरबन्दी स्वीकृति हुँदा स्त्री, नाक, कान, घाँटी, बालरोग लगायत आवश्यकताअनुसार विशेषज्ञ डाक्टरको दरबन्दी हुने अस्पतालले जनाएको छ । चौबिसै घण्टा इमर्जेन्सी सेवा दिनुपर्ने अस्पतालले दरबन्दी अभावकै कारण सिकारु र प्रयोगात्मक अभ्यास गर्ने विद्यार्थीका भरमा सेवा चलाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *