राष्ट्रिय जनमोर्चा बाँकेका नेता खानको निधन

कोहलपुर, भदौ ३,

राष्ट्रिय जनमोर्चा बाँकेका जिल्ला सदस्य लड्डन उमर खानको निधन भएको छ ।

आईतबार राती नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा निधन पारिवारिक स्रोतले बताएको छ । खानको सोमबार दाहसंस्कार गरिएको हो । उनको आन्द्राको अपरेसन गरिएको थियो ।

२०२७ सालमा बुवा महम्मद उमर र आमा जैतुन खानको कोखबाट जन्मिएका थिए । राजनीतिक क्षेत्रमा उनको अतुलनिय योगदान रहेको छ । खान २०६१ सालदेखि निरन्तर राष्ट्रिय जनमोर्चामा आवद्ध रहेका थिए । तराई मधेस जनवादी मोर्चाका सदस्य समेत रहेका खान नेकपा (मसाल) को समर्थक पनि हुन् ।

प्रदेश सभाको निर्वाचन २०७४ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्वाचनमा प्रदेश सभा सदस्यको प्रत्यासी उम्मेदवार समेत रहेका थिए । उनको खजुरा गाउँपालिका ५ उढरापुरमा श्रदाञ्जली सभाको आयोजना गरिएको थियो । श्रदाञ्जली सभामा जिल्लाका नेता कार्यकर्ता, जनप्रतिनिधि, समाजसेवी लगायतले श्रदाञ्जली अर्पण गरेका थिए । खानका आमा, श्रीमति, तीन भाई छोरा र एक छोरी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *