नेपाली टोलीद्वारा फुटबल च्याम्पियनसिपको तयारी तिव्र

कोहलपुर, भदौ १,

नेपाली टोलीले भारतमा आयोजना हुने पाचौं संस्करणको साफ १५ वर्ष मुनिको फुटबल च्याम्पियनसिपको तयारी तिव्र बनाएको छ छ ।

नेपाली टोलीले च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ तयारीलाई तिव्रता दिएको हो । भारतको कल्याणीमा असोज पहिलो साताबाट सुरु हुने प्रतियोगिताको उपाधि जित्न नेपाली टोलीले तयारीलाई तीव्रता दिएको हो ।

प्रतियोगिता असोज ४ बाट १४ सम्म आयोजना हुनेछ । नेपालले हालसम्म साफ १५ वर्ष मुनिको उपाधि जित्न सकेको छैन । उपाधि जित्ने लक्ष्य लिएको नेपाली युथ टिमले प्रदेश नम्बर १ को इटहरीमा तयारी गरिरहेको छ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *