मृगौला पीडित खड्का बचाउ अभियान मार्फत आर्थिक सहयोग सङ्कलन

कोहलपुर, भदौ १,

अछाम साँफेबगर नगरपालिका १० घुघुरकोट हितबाडा (तासि) का मृगौला पीडित उद्धव बहादुर खड्का बचाउ अभियान मार्फत भारतमा बस्ने नेपालीहरुले आर्थिक सहयोग सङ्कलन गरेका छन् ।

दुईटै मृगौला फेल भई काठमाडौंको वीर अस्पतालमा उपचाररत पिडित खड्कालाई सहयोग गर्न यूवाहरु जुटेका हुन् । साँफेबगर नगरपालिका १० घुघुरकोटका यूवाहरुले भारतमा गठन गरेको समितिको पहलमा ६२ हजार नौ सय २१ रुपैयाँ सङ्कलन गरिएको हो ।

आर्थिक सहयोग समितिका संयोजक जनकराज (शर्मा) भण्डारीको संयोजकत्वमा गठित समितिद्वारा उक्त रकम सङ्कलन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *