पोखराको दोस्रो जित, काठमाडौंको तेस्रो हार

७ पौष, २०७४
काठमाडौं :  एभरेष्ट प्रिमियर लिग इपिएलमा पोखरा राइनोजले दोस्रो जित हात पारेको छ । आज भएको पहिलो खेलमा पोखराले काठमाडौं किङसलाई ६ विकेटले हरायो ।

त्रिवी क्रिकेट मैदान, किर्तीपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौले २० ओभरमा आठ विकेट गुमाउँदै ९८ रन बनायो । जारी प्रतियोगितामा काठमाडौंले बनाएको यो अहिलेसम्म कै न्युन स्कोर हो ।

काठमाडौंका लागि सागर पुनले ३६ रन बनाउँदा राजु रिजालले १७ र सोमपाल कामीले १० रन जोडे । बलिङतर्फ पोखराका विक्रम सोब, शक्ति गौचन र सुसान भारीले दुई दुई विकेट लिए ।

जवाफमा पोखरा राइनोजले १८ ओभर दुई बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । ४३ रनमा दुई विकेट गुमाएको पोखराका लागि सुनिल धमलाले २० तथा इस्रा उल्लाहले अविजीत ४५ रन बनाए । यस्तै कप्तान शक्ति गौचनले १८ रनको योगदान गरे ।

जितसंगै पोखराले तीन खेलबाट चार अंक बनाएको छ भने काठमाडौको चार खेलबाट दुई अंक छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *