पाथीभरा गोल्डकपमा आज आयोजक र बेलबारी खेल्दै

कोहलपुर, श्रावण ३१,

पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार आयोजक र बेलबारी स्पार्टिङ क्लव मोरङबिच प्रतिस्पर्धा हुनेछ ।

यसअघि बिहीबार भएको खेलमा रेडहर्ष क्लव इलामले विजयी सुरुवात गरेको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानु माविको मैदानमा भएको खेलमा इलामले घरेलु टोली पोमुकेछाङ स्पोर्टिङ क्लवलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

इलामका लागि विदेशी खेलाडी फोफोनाले दुई र पाशाङ शेर्पाले एक गोल गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *