धर्म प्रचार गदै हिड्ने चार जना पक्राउ

कोहलपुर, श्रावण ३१,

धर्मप्रचार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा तीन महिला र एक पुरुष रहेका छन् । सल्यानको सारदा नगरपालिका १ शान्तीनगरमा जवरजस्ती धर्म प्रचार गदै हिडेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा बस्ने तुल बहादुर परियार, सोहि ठाउँ निवासी रुपा सोनाम, घोराही उपमहानगरपालिका १५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका वडा नम्वर ६ निवासी भिम कु्मारी विकलाई हिजो पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट बाईबल एक थान सहित धर्म प्रचारका विभिन्न सामग्रीहरु समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *