पाल्पामा टेलिफोन र इन्टरनेट सेवा नहुँदा स्थानीयलाई समस्या

कोहलपुर, श्रावण ३१,

पाल्पाका कतिपय दुर्गम क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवाको पहुँच नहुँदा स्थानीयलाई समस्या भएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको जुठापौवा, बल्डेङगढी र सत्यवतीका स्थानीय टेलिफोन सेवाका लागि ३÷४ घण्टासम्म हिंडेर गाउँदेखि टाढा जानुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् । नेपाल टेलिकमले पाल्पाको पश्चिम भेगका लागि टेलिफोन टावर राखेको भएपनि कतिपय बस्तीमा नेटवर्कको समस्या हुँदा स्थानीयलाई समस्या भएको छ ।

बिजुली बत्ति नभएका कारण भएका मोवाईल पनि चार्ज गर्न नपाएको स्थानीयको गूनासो छ । टेलिकमले नाम मात्रैको टावर राखेर जनतालाई झुक्याएको भन्दै स्थानीय आक्रोशित भएका छन् । पाल्पाका विभिन्न ठाउँमा नेपाल टेलिकमकै लापरवाहीले सञ्चार सेवा प्रभावकारी नभएको स्थानीयको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *