चाडपर्वमा खाद्यान्न अभाव नहुने सरकारको दावी

कोहलपुर, श्रावण ३१,

सरकारले नजिकिँदै गरेको चाडपर्वमा खाद्यान्न अभाव नहुने दाबी गरेको छ ।

बजारमा उपभोक्तालाई चाडपर्वमा आवश्यक सामानको आपूर्ति गर्न सरकारले अनुगमन, कालोबजारी रोक्न र गुणस्तर मापदण्डका लागि तयारी सुरु गरेको छ । बजार अनुगमन बढाउन कार्ययोजना बनाउने र तीनै तहका सरकारसँग समन्वय गरेर अघि बढ्ने छ ।

कसैले कालोबजारी गरेको, मिसावट गरेको र अखाद्य सामान विक्रि वितरण गरेको पाइए कारर्वाही गरिने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *