नेपाल हाइकुकेन्द्र(नेहा), वाँके शाखा गठन

कोहलपुर, श्रावण २८,

नेपाल हाइकुकेन्द्रको वाँके शाखा गठन भएको छ ।

नेपाली साहित्य अन्तर्गत रहेको यस दुनियांको सबैभन्दा छोटो पद्य कविता (हाइकु) विधालाई संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले एक कार्यक्रमका बिच गठन गरिएको हो । उदगम स्थल जापान मानिएको ५,७,५ अक्षरको ३ हरफको लघु कविता हाइकुमा जम्मा १७ अक्षर हुन्छन् ।

बद्री ढकालको संयोजकत्वमा भएको उक्त कार्यक्रममा नेपाल हाइकुकेन्द्रका अध्यक्ष प्रा. राम कुमार पाँडेले काठमाडौंवाटै मोवाइल मार्फत शुभकामना व्यक्त गरेका थिए । दर्जन बढी उपस्थित भएको उक्त कार्यक्रममा पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालको प्रमुख आतिथ्यता थियो । शुभकामना मन्तव्य दिदै उनले नेपाल प्रकृति, संस्कृति, परिवेश र ऋतु वितरणमा असाध्यै धनि भएकाले हाइकु लेखनको क्षेत्र विशाल भएको र यसको महत्व वढ्दै गएको कुरा प्रस्ट पारे । व्यक्तिगत रूपमा उनको हाइकु संग्रह “घाम उदाए“ वाँकेमा पहिलो मानिन्छ ।

मुख्यतया शिक्षण पेशामा लागेर पनि पछिल्लो समय हाइकुरसेन्यु निरन्तर लेखिरहनु भएका, हाइकु संग्रह “दामको पूजा“का हाइजिन बद्री ढकाल हिरामणी संयोजक र अर्का लेखक ललित प्रकाश चन्द सचिव रहने गरी ७ सदस्यीय कार्यसमिति चयन गरिएको छ । सदस्यहरूमा अध्यापकहरू राम प्रसाद चापागाई, तिलक विसि प्रकाश, कृष्ण भुसाल आदि रहेका छन् ।

कोहलपुर स्वस्तिक पार्टी प्यालेसमा भएको उक्त भेलाले सल्लाहकारको रुपमा साहित्यकार महानन्द ढकाललाई र प्रमुख सल्लाहकारको रुपमा केन्द्रीय अध्यक्ष प्रा. राम कुमार पाँडेलाई मनोनित गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *