कोहलपुर र बैजनाथमा जडान गरिएका सेन्सरको उद्घाटन

बिधुत्मा रैका, कोहलपुर, श्रावण २१,

कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा जडान गरिएका सेन्सरहरुको मंगलबार उद्घाटन गरिएको छ ।

कोहलपुर नगरपालिकाका अध्यक्ष लुट बहादुर रावतको अध्यक्षतामा भएको उद्घाटन समारोहमा ताईवानी संस्था (NCDR) का निर्देशक डा. चेङ होङ प्रमुख अतिथी रहेका थिए । सेन्सरको कन्ट्रोल रुम कोहलपुर नगरपालिकामा राखिएको छ ।

सेन्सर प्रविधिबाट विपद् जोखिम न्युनिकरणमा सघाउ पुग्ने उद्देश्यले सेन्सर जडान गरिएको हो । कार्यक्रमका प्रमुख अथिती ताईवानी संस्था (NCDR) का निर्देशक डा. चेङ होङ, कोहलपुर नगरपालिकाका प्रमुख रावत तथा बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल लगायतका अथितीहरुले कन्ट्रोल रुम खोलेर सेन्सरको सयूक्त रुपमा उद्घाटन गरेका छन् ।

प्राकृतिक विपद् भूकम्प, बाढी, डुवान, वर्षा र हावाहुरीबारे पूर्व सूचना प्रणालीका लागि कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका १२ ठाउँमा सेन्सर जडान गरिएको हो । करिब ३ महिना लगाएर दुईवटा स्थानीय तहमा सेन्सर जडान गरिएको हो । उद्घाटन समारोहका प्रमुख अतिथी डा. चेङ होङले बाँके जिल्लाका दुई स्थानीय तह कोहलपुर र बैजनाथमा सेन्सर जडान गरिएको प्रति खुशी व्यक्त गरे ।

निर्देशक डा. चेङ होङले कोहलपुर र बैजनाथमा सेन्सर जडान भएपछि विपद्बाट हुने सम्भावित जोखिम न्यूनीकरणमा मद्दत मिल्ने बताए । सेन्सर जडानका विषयमा आफूसंग ताईवानमा कोहलपुर नगर प्रमुख रावत र बैजनाथ गाउँपालिकाका अध्यक्ष रुचालसंग सहमती भएको जानकारी दिए ।

ताइवान सरकारको नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन (NCDR)) को आर्थिक सहयोगमा वातावरण तथा ग्रामीण विकास केन्द्र (ENRUDEC) को समन्वयमा दुबै स्थानीय तहमा ६र६ वटा सेन्सर जडान गरिएका छन् । सेन्सरबाट ३ रेक्टरभन्दा बढीको भूकम्प आउँदा, वर्षाको पानी र हावाहुरी मापन हुने छ । सबै सेन्सरको सूचना संकलन गरि सर्वसाधारणलाई जानकारी दिने व्यवस्था मिलाइएको छ ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष तथा कोहलपुर नगरपालिकाका प्रमुख रावतले भूकम्प, बाढी र विपद् बारे पुर्व जानकारी दिने अत्याधुनिक मेसिन सेन्सर जडान गरिएको बताएका छन् । प्रमुख रावतले पहिलो पटक कोहलपुर र बैजनाथमा सेन्सर जडान भएको बताउँदै सेन्सरको सफलता हेर्न बाँकी रहेको बताए ।

उनले, आफूसंग भएको सहमतीले सफलता पाएको भन्दै खुशी व्यक्त गरे । सेन्सर जडानको लागि ताईवानी संस्थासंग आग्रह गरे अनुसार सेन्सर जडान भएको बताए । कोहलपुर तथा बैजनाथमा विपद् जोखिमका क्षेत्र धेरै रहेको उनको भनाई छ । उनले स्थानीयलाई विपद्बाट जोगाउनको लागि सेन्सर मेसिन जडान गरिएको बताए ।

बाँके जिल्लाका दुई स्थानीय तहमा पहिलो पटक नयाँ प्रविधि सफलताका साथ जडान गरिएको छ । सेन्सरले विपद् आउनु भन्दा करिब ५० सेकेण्ड अगाडी साईरन मार्फत जानकारी दिने छ । विपद्को जानकारी दिनको लागि प्रविधिलाई कुनै पनि टेलिकम्युनिकेसन सिस्टममार्फत मोबाइल एब्लिकेसनको माध्यमबाट मोबाइलमा जानकारी दिन सकिने छ ।

उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी थारु, बैजनथा गाउँपालिकाका उपाध्यक्ष शारदा रेग्मी बिश्वकर्मा, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेश सिंह, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढा, बैजनाथ गाउँपालिकाका प्रशासकिय अधिकृत राम प्रसाद सापकोटा, ताइवानी संस्था (NCDR) का डा.ग्लोरिया लगायत दुवै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष रुचालको स्वागत मन्तव्यबाट कार्यक्रम सुरुभएको थियो । २० बर्षदेखि प्रकोपको क्षेत्रमा कार्यरत बिज्ञ, डा. कोमल अर्याल र ताइवानी संस्था (NCDR) का डा.ग्लोरियाले केही महिना अघिदेखि विपद् आउन सक्ने सम्भावित क्षेत्रहरुको अनुसन्धान गरिरहेका छन् ।

तस्बिर : कपिल अञ्जान

Leave a Reply

Your email address will not be published. Required fields are marked *