विश्व फुटबल बरियँतामा नेपाल एक स्थान तल झर्यो, दक्षिण एसियामा भने चौथों

७ पौष, २०७४
काठमाडौं : विश्व फुटबल बरियँतामा नेपाल एक स्थान तल झर्दै १ सय ७१ औँ स्थानमा पुगेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियँतामा नेपाल एक स्थान तल झरेको हो ।

अघिल्लो महिना फिफाले जारी गरेको बरियँतामा नेपाल ६ स्थान फड्को मार्दै १ सय ७० औं स्थान पुगेको थियो ।

दक्षिण एसियाली मुलुकमा भने नेपाल चौथो स्थानमा छ । दक्षिण एसियाली मुलुकको शीर्ष स्थानमा भारत छ । विश्व बरियँतामा भने भारत १ सय पाचौं, माल्दिभ्स १ सय ५५औं र अफगानिस्तान १ सय ४८औँ स्थानमा छन् ।

त्यस्तै, नेपालभन्दा मुनि भुटान १ सय ८७औं, बंगलादेश १ सय ९७औं, श्रीलंका २ सय औं र पाकिस्तान २ सय एकौं स्थानमा छन् ।

विश्व बरियँताको शीर्ष स्थानमा जर्मनी रहँदा दोस्रोमा ब्राजिल, तेस्रोमा पोर्चुगल, चौथोंमा अर्जेन्टिना र पाँचौंमा बेल्जियम रहेका छन् । त्यस्तैगरि छैटौंमा स्पेन, सातौंमा पोल्याण्ड रहँदा आठौंमा स्वीट्जरल्याण्ड, नवौंमा फ्रान्स र दशौं स्थानमा चिली छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *