लागु औषध सहित डोटीमा एकजना पक्राउ

डोटी, पुस ७ – प्रदेश नम्बर ७ प्रहरी कार्यालय दिपायलबाट खटिएको टोलीले लागुऔषध चरेससहित एकजनालाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी मुख्यालय दिपायलले दिएको जानकारी अनुसार प्रहरी सहायक निरीक्षक केशब वोशीको कमाण्डमा खटिएको टोलीले बझाङ सैनपसेला–३ का १९ वर्षका बिनोद जप्रेललाई ५ किलो चरेससहित पक्राउ गरेको हो ।

पक्राउ परेका जप्रेल र बरामद भएको चरेस आवश्यकलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइको ७ नम्बर प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *