७ करोड बढीको सुन्तला बेचेपछि म्याग्दीका कृषक उत्साहीत

म्याग्दी, ७ पुस । धान नफल्ने कोदो बारीमा रोपेका सुन्तालाबाट मनग्य आम्दानी हुन थालेपछि म्याग्दीका कृषक उत्साही छन् । आँगनबाट सजिलै  बेच्दा दैलोमै रुपैयाँ बुझ्दा म्याग्दीका कृषकको खुसीले गदगद भएको छ ।

म्याग्दी जिल्लाबाट ७ करोड ५० लाख मुल्य बराबरको सुन्तला देशका विभिन्न बजारमा निर्यात हुने गरेको पाइएको छ । आन्तरिक बजारमा मात्रै छुट्टै ५० लाखको सुन्तला खपत हुनेगरेको छ । सुन्तलाको सिजन भएकोले अहिले बगानमा कृषकलाई सन्तला टिप्न भ्याइ–नभ्याइ छ।
सुन्तला काठमाडौंको कालीमाटी फलफुल बजारले आकारको आधारमा ए ग्रेडलाई ८०, बीलाई ५५ र सी ग्रेडलाई ३५ रुपैयाँमा अग्रिम खरिद गरेको हो

‘यहाँका कृषकलाई न्यूनतम २० हजारदेखी एक लाखसम्म पेश्की बुझाएको छु। म्याग्दीमा तीन सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ। तथ्याड्ढ अनुसार यो बर्ष ३३ हजार व्यवसायीक बोटबाट तीन हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान छ। थप २० हजार सुन्तलाका बोट उत्पादन तयारीमा छन। १६ हजार विरुवा नर्सरीमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *