इपिएल क्रिकेट : काठमाडौँ किङ्सले दियो मात्र ९९ रनको लक्ष्य

७ पौष, २०७४
काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ किङ्सले पोखरा राइनोजलाई ९९ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले २० ओभरमा आठ विकेट गुमाउदै ९८ रन बनायो । जारी प्रतियोगितामा काठमाडौँले बनाएको यो अहिलेसम्म कै न्युन स्कोर हो ।

खाता खोल्न नपाउँदै पहिलो विकेट झरेको काठमाडौँले एक रनको अवस्थामा सुरुवाती २ ब्याट्सम्यानलाई गुमाएको थियो । उसका कप्तान फरवेज महारुफ र अमित श्रेष्ठ खाता खोल्न नपाउँदै आउट भए ।

उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा सागर पुनले ३६ रन बनाउँदा राजु रिजालले १७ र सोमपाल कामीले १० रन जोडे । बलिङतर्फ पोखराका विक्रम सोब, शक्ति गौचन र सुसान भारीले दुई दुई विकेट लिए ।

अहिले पोखरा राइनोजले जवाफि ब्याटिङ गरिरहएको छ ।

जारी प्रतियोगितामा काठमाडौँले तीन खेलमा एक खेलमात्र जितेको छ भने दुई खेल हारेको छ । यस्तै पोखराले दुई खेलमा एक खेल जितेको छ भने एक खेल हारेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *