प्रधानमन्त्री देउवाले बोलाए प्रमुख दलको बैठक

काठमाडौँ, ७ पुस ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख पाँच दलको बैठक बोलाउनु भएको  छन् ।  अहिले  ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका शिर्ष नेताहरुको बैठक बोलाएको बालुवाटार निकट स्रोतले जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचन अध्यादेश राष्ट्रपति कार्यालयमै ‘होल्ड’ भएपछि सहमति जुटाउनका लागि देउवाले बैठक बोलाएका हुन्। सरकारले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित हुने व्यवस्थासहितको अध्यादेश सिफारिस गरेपछि एमाले र माओवादी केन्द्र असन्तुष्ट भएपछी सहमति हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *