विपद् बारे जानकारी दिने सेन्सर जडान कार्य जारी

कोहलपुर, श्रावण ११,

कोहलपुर नगरपालिका भित्रका विपद् जोखिम क्षेत्रमा सेन्सर जडान कार्य जारी रहेको छ ।

शनिबार कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका वडाहरुमा सेन्सर जडान कार्य भैरहेको ईन्रुडेक (ENRUDEC) बाँकेका अध्यक्ष धर्मलाल रोकायाले बताए । रोकायाले, सेन्सरको माध्यमद्धारा आउन सक्ने विपद्को पूर्व अनुमान हुने र पूर्व सुचनाका अधारमा विपद्बाट हुन सक्ने क्षति कम गर्न सकिने बताए ।

नगरपालिकाका ६ वटा स्थानलाई विपद् जोखिम क्षेत्र मानिएको छ । नगरपालिकाको वडा नम्बर १२ चप्परगौडीमा सेन्सर जडान गरिसकिएको अध्यक्ष रोकायाले बताए । जडान गरिएका सेन्सरले भुकम्प, हुरी बतास र बाढी आउनुभन्दा पहिले पूर्व सूचना उपलब्ध गराउने छ ।

कोहलपुर नगरपालिकामा विपद् व्यवस्थापनलाई मध्यनजर गर्दै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत प्राथमिकतामा राखेको छ । कोहलपुर र बैजनाथका गरि १२ स्थानमा सेन्सर जडान गरिने बताईएको छ । कोहलपुर क्षेत्रमा विपद्को उच्च जोखिममा रहेका वडाहरु २, ४, ८, १२ र १४ मा सेन्सर जडान गरिने भएको छ । सेन्सर जडानले भूकम्प, बाढि र हुरीबतासको पूर्वजानकारी दिने भएपनि भूकम्पको इपिसेन्टरको र सेन्सरबिचको दुरीले त्यसलाई प्रभाव पार्न सक्नेछ ।

यत्यस्तै बैजनाथ गाउँपालिमा पनि सेन्सर जडानका काम जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *