इपिएल क्रिकेट : भैरहवाको लगातार दोस्रो जित, चितवनको लगातार दोस्रो हार

६ पौष, २०७४
काठमाडौँ : एभेरेष्ट प्रिमियर लिग इपिएलअन्तर्गत आज भएका खेलहरुमा भैरहवा ग्लाडियटर्स र काठमाडौँ किङस विजयी भएका छन् । आज भएको पहिलो खेलमा भैरहवा ग्लाडियटर्सले लगातार दोस्रो जित निकाल्दा काठमाडौ किङसले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

किर्तीपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा भैरहवाले ललितपुर वारियर्सलाई चार विकेटले हरायो । खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ४१ रन बनायो । ललितपुरका लागि भारतीय खेलाडी योगेश नागारले ५४ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ४२ रनको योगदान गरे । बलिङ तर्फ दिपेश श्रेष्ठले तीन तथा आरिफ शेख र पुनित मिश्रले दुई/दुई विकेट लिए ।

जवाफमा भैरहवाले २० ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । ४९ रनमा चार विकेट गुमाइसकेको भैरहवाको जितमा पुनित विष्ट र आरिफ शेखले ५९ रनको साझेदारी गर्दै जितको बाटो देखाएका हुन् । पुनितले ५० रन बनाए भने आरिफले २७ रन जोडे । अन्तिममा रोहितकुमार पौडेलले आक्रामक पारी खेल्दै टिमलाई जित दिलाए । उनले ११ बलमा ३१ रनको पारी खेले ।

ललितपुरको जारी प्रतियोगितामा लगातार दोस्रो हार हो ।

यस्तै इपिएलको आजको दोस्रो खेलमा चितवन टाइगर्सलाई काठमाडौ किङसले तीन विकेटले हराएको छ । किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४२ रन बनायो ।

२१ रन हुदा पहिलो विकेट गुमाएको चितवनका लागि चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा दिलिप नाथले ४६ रन बनाउदा साबेज खानले २७ तथा योगेन्द्रसिंह कार्कीले १७ रन बनाए । यस्तै कमलसिंह ऐरीले १२ रनको योगदान गरे । बलिङतर्फ काठमाडौका फरवेज महारुफले तीन विकेट लिए ।

जवाफमा काठमाडौ किङसले १९ ओभर दुई बलमा सात विकेट गुमाउदै लक्ष्य पुरा गरयो । १२ रन हुदा पहिलो विकेट गुमाएको काठमाडौँका लागि दोस्रो विकेटका लागि अमित श्रेष्ठ र कप्तान फरवेज महारुपले ६५ रनको साझेदारी गर्न सफल भए । अमित ३८ रनमा आउट भए भने महारुफले ३९ रन बनाए । यस्तै सागर कुमारले २३ रनको योगदान गरे ।

जारी प्रतियोगितामा काठमाडौँको यो पहिलो जित हो । तीन खेलमा उसले दुईमा हार ब्यहोरी सकेको छ । यता चितवनको भने यो लगातार दोस्रो हार हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *