यु–१६ क्रिकेट खेलाडीलाई सम्मान, १ वर्ष वैदिशिक प्रशिक्षणमा राखिने

६ पौष, २०७४
काठमाडौँ : हालै थाईल्याण्डमा भएको एसीसी यु–१६ ईस्र्टन रिजन क्रिकेट प्रतियोगिताको विजेता बनेको नेपाली टोलीका दुई जना सदस्यलाई धनगढीमा सम्मान गरिएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा यु–१६ टोलीका सदस्यद्धय नारायण जोशी र सुवोध ऐरलाई गृह जिल्लामा सम्मान गरिएको हो ।

दुवै खेलाडी धनगढी क्रिकेट एकेडेमीका उत्पादन हुन् भने उनीहरु अहिले सुदुरपश्चिाञ्चल एकेडेमीमा छात्रवृतिमा अध्ययन गरिरहेका छन् ।

सुदुरपश्चिमाञ्चल एकेडेमीमा आयोजना गरिएको सम्मान कार्यक्रममा खेलाडीद्धय जोशी र ऐरलाई प्रदेश नम्वर ७ का प्रादेशिक प्रहरी प्रमुख माधव नेपाल र कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंहले संयुक्त रुपमा सम्मान गरे । कार्यक्रममा दुवै जनाले खेलाडीहरुको उज्जवल भविष्यको कामना समेत गरे ।

ईस्र्टन रिजन एसीसी यु–१६ क्रिकेट प्रतियोगिताको विजेता बनाउन नेपालका लागि नारायण जोशीको प्रदर्शन महत्वपुर्ण रह्यो । ५ वटै खेल खेल्न पाएका नारायणले अन्तराष्ट्रिय डेब्यु खेलअन्तर्गत थाईल्याण्ड विरुद्धको खेलमा ५ विकेट लिए भने म्यानमार विरुद्ध ४ विकेट लिए । प्रतियोगिताभर उनले ११ विकेट लिए ।

ब्याटिङतर्फ फाईनलमा उनले सबैभन्दा राम्रो प्रदर्शन गरेका थिए । फाईनल खेलमा २३ बलको सामना गरेका उनले एक छक्का र ५ चौकाको मदतमा अविजित ४६ रनको पारी खेलेका थिए । सेमिफाईनलमा पनि १८ रनको योगदान दिएका थिए ।

यु–१६ नेपाली क्रिकेट टोलीका अर्का सदस्य सुवोधले दुई वटा मात्रै खेल खेल्ने मौका पाएका थिए । त्यसमा उनले फाइृनलमा २२ रन वनाएका थिए । जसमा ४ चौका प्रहार गरेका थिए ।

यसैबिच दुवै खेलाडीलाई निशुल्क रुपमा एक वर्षको क्रिकेट प्रशिक्षण दिईने भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले खर्च व्यहोर्ने गरी ६ महिनाको भारत र ६ महिनाको श्रीलंकामा क्रिकेट प्रशिक्षण दिईने भएको हो ।

उनीहरुको प्रदर्शनलाई अझ निखार्नका लागि निशुल्क प्रशिक्षणका लागि दुवै जनालाई पठाउने सुदुरपश्चिमाञ्चल एकेडेमीका निर्देशक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले सम्मान कार्यक्रममा घोषणा गरे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *