मलेसियामा विदेशी कामदारले लेभि तिर्न नपर्ने

६ पौष, २०७४
काठमाडौं : मलेसियामा विदेशी कामदारहरुले लेभि तिर्न नपर्ने भएको छ। मलेसियाको मानव स्रोत मन्त्रालयले आगामी जनवरी १ बाट विदेशी कामदारहरुसँग लेभि नलिने जनाएको छ। कामदारबाट लेभि नलिने तर रोजगारदाता कम्पनीबाट पनि लेभि उठाइने सो मन्त्रालयले जनाएको छ।

मलेसिया सरकारको यो निर्णयसँगै त्यहाँ रहेका नेपालीहरु कामदार खुसी भएका छन् । मलेसियामा निर्माण, उत्पादनमुलक, सेवा क्षेत्रमा विदेशी कामदारले वार्षिक १८ सय ५० रिंगिट लेभी तिरिरहेका थिए। कृषि क्षेत्रमा काम गर्नेले ६ सय ४० रिंगिट, घरेलु कामदारले ४ सय १० देखि ५ सय ९० रिंगिटसम्म लेभी तिर्नुपरेको मलेसियामा रहेका नेपाली व्यवसायी हरि भट्टराईले बताएका छन् ।

लेभि तिर्नुपरेपछि नेपाली कामदारले मलेसियामा रोजगारीका लागि जान त्यत्ति रुचाएका थिएनन् । लेभि तिर्न नपर्ने मलेसिया सरकारको निर्णयले नेपाली कामदारको माग बढ्न सक्ने म्यानपावर व्यवसायीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *