प्रख्यात न्यूरो सर्जन डा.उपेन्द्र देवकोटा बिरामी, लण्डनमा उपचार हुँदै

६ पौष, २०७४
काठमाडौं :  नेपालका प्रख्यात न्यूरो सर्जन डा।उपेन्द्र देवकोटाको बेलायतको लण्डनमा उपचार भइरहेको छ ।  विशेषगरी न्युरो सर्जरीमा अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएका डा।देवकोटा अस्वस्थ भएपछि लण्डनमा रहेर उपचार गराइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

देवकोटाको लण्डनस्थित एक अस्पतालमा उपचार भइरहेको बताइएको छ। उनलाई लागेको रोगका बारेमा भने हालसम्म केही बताइएको छैन । गत मंसिर १० गते सम्पन्न निर्वाचनमा डा।देवकोटा आफ्नो गृहजिल्लामा सक्रिय थिए ।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी समेत निर्वाह गरेका देवकोटा नेपालमा सम्मानका साथ लिइने चिकित्सकमा पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *