महावाणिज्यदूत योञ्जनद्वारा १ लाख डलर सहयोगको घोषणा

६ पौष, २०७४
सिड्नी : भीक्टोरियाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जनले मेलवर्नमा बन्ने सामुदायिक केन्द्रका लागि १ लाख डलर सहयोग गर्ने घोषणा गरेका छन्।

यसअघि योञ्जनले ५० हजार डलर सहयोग गर्ने प्रतिबद्धता गरे पनि १ लाख डलर सहयोग गर्ने घोषणा गरेका हुन्। सामूदायिक केन्द्र बनाउन मेलबर्नमा आयोजना गरिएको सप्ताहको तेस्रो दिन योञ्जनले यस्तो घोषणा गरेका हुन्।

सप्ताहमा गएको ३ दिनमा २ लाख डलरभन्दा बढी सहयोग रकमको प्रतिबद्धता आइसकेको सप्ताह आयोजक अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर मेलबर्नका अध्यक्ष डा।चन्द्र दीपक पोखरेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *